आचार संहिताको पुर्ण पालना गर्न राजनैतिक दलको प्रतिवद्धता

धनगढी, १३ कात्तिक । कैलालीमा मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा लागु हुने निर्वाचन आचार संहिताको पुर्ण पालना गर्न कैलालीका विभिन्न राजनैतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।

निर्वाचनका सन्र्दभमा आयोगबाट भएका सवै निर्णय पुर्णरुपमा पालना गर्न सहमत भएको उनीहरुले बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जन मोर्चा लयागतका दलहरुले निर्वाचन आयोगले लागु गरेको आचार संहिता पुर्ण पालना गर्ने प्रतिवद्धता जनाएका हुन ।

नेपाली कांग्रेस कैलालीका सचिव पुर्ण कुँवरले नेपाली काँग्रेस पुर्ण रुपमा निर्वाचन आचार सहिता पालना गर्न तयार भएको बताए । नेकपा एमाले र माओवादी केन्द्रले समेत आचार संहिता पालना गर्न कुनै कसर बाँकी नरहने बताए । उनीहरुले आफ्नो पार्टीले आचार संहिता विपरित काम गरे नियम अनुसार कारबाहि भोग्न तयार रहेको जनाए ।

राष्ट्रिय जन मोचा पार्टीका लक्षीराम आर्चायले साना पार्टी भन्दा ठुल्ला भन्नेहरु राजनैतिक दलहरुले बडी आचार संहिता उल्घन गर्ने गरेको बताए । उनले निर्वाचन आयोगले आचार संहिता उल्घन गरेको खबर गर्दा समेत कारबाहि नगरेको कारण यस्ता घटना सवै निर्वाचनमा दोहोरिने गरेको बताए ।

निर्वाचन प्रचार प्रसारका क्रममा ज्याकेट, कमिज, जस्ता पहिरन तथा गम्छा, झोला लगायतका सामाग्रीमा निर्वाचन चिन्हहरु छपाई उत्पादन गर्न तथा मतदाताहरुलाई विक्री वितरण गर्न नपाईने ब्यहोरा उल्लेख गरिएको छ । चुनावमा बालवालिको प्रयोग, भोजभतेर, सार्वजनिक आवागमनमा अवरोध र धर्म सम्प्रदाय, जातजाती, लिङग्, भाषा, वर्ग वा समुदायको आधारमा घृणा उत्पन्न हुने गरी कुनै क्रियाकलाप गरेको वा गराएको पाईएको कारबार्हि हुने मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद अर्यालले बताए ।

उनले निर्वाचन आचार संहिताको पुर्ण पालना गनु सवै राजनैतिक दलको महत्वपुर्ण भुमिका रहेको बताए । स्थानीय तहका प्रमुख उप प्रमुखहरुले स्थानीय तहमा विकास निर्माण नयाँ आयोजनाको बजेट स्वीकृत गरे समेत निर्वाचन आचार संहिता लागु हुने ब्यवहोरा उल्लेख गरिएको छ ।