एमालेद्धारा ५ निर्वाचन क्षेत्रमा उम्मेदवार छनौट
दोस्रो चरण अन्तर्गत प्रतिनिधि सभाको चुनाव हुने ७ नम्बर प्रदेशका ५ निर्वाचन क्षेत्रमा एमालेले उम्मेद्वार छनौट गरेको छ । माओवादीसंग चुनावी तालमेल गरेको एमालले कैलालीका ५ मध्ये आफनो भागमा परेका ३ निर्वाचन क्षेत्रमा उम्मेद्वार छनौट गरेको हो ।
एमालेले प्रतिनिधि सभाको लागि कैलालीको क्षेत्र नम्बर १ बाट गरिमा शाह, २ बाट झपट रावल, ५ बाट नारदमुनी रानालाई उम्मेद्वार बनाएको छ । कैलाली क्षेत्र नम्बर ३ र ४ माओवादीको भागमा परेको छ । माओवादीले ४ बाट पूर्वमन्त्री लेखराज भट्टलाई उम्मेद्वार बनाएको छ भने ३ मा टुङग्याउन सकेको छैन ।
एमालेले प्रतिनिधि सभाका लागि अछाम १ बाट एमाले उपाध्यक्ष भिम रावललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । त्यस्तै, डोटीबाट एमालेकोतर्फबाट प्रतिनिधि सभाका लागि प्रेम आले उम्मेद्वार बनाएको छ । बाँकी निर्वाचन क्षेत्रका उम्मेद्वारको छनौट गर्न एमालेको बैठक बसिरहेको छ ।













