प्रदेश नम्बर ७ मा एमालेबाट थारु उम्मेदवार परेन

कैलाली,  २२ असोज, । माओवादी केन्द्रसँग ६०/ ४० को आधारमा चुनावी तालमेल गरेको एमालेले प्रतिनिधिसभाका १६५ मध्ये करीव आधा क्षेत्रमा सर्वसम्मत रुपमा एक एकमात्र उम्मेदवार सिफारिस भएको जनाएको छ । सर्वसम्मत नभएका ठाउँको हकमा मात्र दुई वा दुईभन्दा बढी उम्मेदवार छनोट गर्नुपर्ने एमालेले जनाएको छ ।

एमालेका अधिकांश शीर्ष नेता र पदाधिकारी आआफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत भएका छन् । अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम भीम रावल, उपमहासचिव घनश्याम भुसाल दुई तीन ठाउँबाट सिफारिस भएका छन् ।

ओली सिरहा १ र झापा ५ बाट सिफारिस भएका छन् । माधव नेपाल रौतहट १, ४ र काठमाडौं २ बाट सिफारिस भएका छन् । बामदेव गौतम प्युठान र बर्दिया १ बाट सर्वसम्मत सिफारिस हुँदा भीम रावल कैलाली २ र अछाम १ बाट सर्वसम्मत भएका छन् ।

तर प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा अत्याधिक थारुहरुको बाहुल्यता भए पनि एमालेले प्रतिनिधि सभाको लागि कुनै थारुलाई अगाडी सारेन

प्रदेश नम्बर ७ बाट सर्वसम्मत हुने एमाले उम्मेदवार

कैलाली १ः गरिमा शाह
कैलाली २ः भीमवहावदुर रावल
कैलाली ३ः विमलकुमार जोशी
कैलाली ४ः दीर्घ सोडारी
कन्चनपुर १ः तारा लामा
दार्चुलाः गणेशसिंह ठगुन्ना
अछाम १ः भीमवहादुर रावल
बाजुराः लालवहादुर थापा

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...