दशैं आयो बर्दिया राष्ट्रिय निकुञ्जमा जाने हैन्

दशैको बेला देश तथा बिदेश घुम्न चाहने नेपालीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त स्थान हुनसक्छ । देश तथा बिदेशमा घुमेर नपाइने मनोरम आनन्द बर्दिया राष्ट्रिय निकुञ्ज घुमेर पनि लिन सकिने बाताबरण रहेको छ । यस निकुञ्जमा रहेको जैविक बिबिधता र यहाँ पाइने असंख्या लोपोउन्मुख जंगली जनवार हेर्नका लागि पनि बर्दिया राष्ट्रिय निकुञ्जका सबैका लागि आक्रषर्णको केन्द्र हो ।
तर, अहिले बर्दिया राष्ट्रिय निकुञ्जका बिषयमा धेरै जानकारी नहुदाँ यहाँ आउने पर्यटक पनि कमै रहेको छन् । त्यसैले, यसपटकको दशै बर्दिया राष्ट्रिय निकुञ्ज घुम्नका लागि उपयुक्त समय पनि हुन सक्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर बीचमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ । सन् बिक्रम संम्बत २०२५ साल राजा महेन्द्रले शाही शिकार आरक्षको रूपमा स्थापना गरेका थिए । बि.स. बि.स. २०२७ सालमा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरिएको थियो । बि.स.२०३९ सालमा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष रुपमा नामाकरण गरिएको थियो ।

बि.स. २०४१ सालमा पूर्वको बबई नदी आसपासको क्षेत्रलाई समेटियो र २०४३ सालमा बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरियो । बवईको फाँटमा रहेको बस्तीलाई स्तरान्तरण गरेर बर्दिया राष्ट्रिय निकुञ्जको पूर्ण रुप लिएको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाले बताए । ‘पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरूको संरक्षण गर्नु रहेको छ ।’ उनले भने,–‘पहिला पहिला बर्दियाको बघौरा फांटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गर्दथे । यहि क्रममा एकपटक शिकारको लागि आएका राजाले शिकारको लागि बाघ नपाएपछि त्यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षण गर्न सुरूवात गरेका हुन् ।’

बर्दिया निकुञ्जमा जंगली जनवार हेर्न आउने बढी

बिश्वमा लोपोन्मुख रहेको पाटेबाघ लगाएतका अन्य बन्यजन्तुका लागि उपयुक्त बासस्थान र जैविक विविधताको दृष्टिकोणले निकै धनी मानिएको बर्दिया राष्ट्रिय निकुञ्जमा आउने स्वेदेशी तथा बिदेशी पर्यटकहरु बिषेश गरेर मनमोहक प्राकृतिक दृश्य, घडियाल, गोही र डल्फिनको संरक्षण, बाह्रसिँगाको दोस्रो प्राकृतिक वासस्थान, वर्षेनी बढीरहेका बाघ, हात्ती र गैँडा एव्म बिभिन्न थरिथरीका चराचुरुङ्गी अवलोकनका अवलोकन गर्न बढी आउने गरेको बर्दिया पर्यपर्यटन मंचका अध्यक्ष उत्तम चौधरीले बताए । ‘निकुञ्ज घुम्न आउने पर्यटकहरुले कर्णाली नदीण्मा ¥याटिङ्ग, निकुञ्ज भित्र रहेका बाघ, हात्ती, गैँडा, निलगाई, बाह्रसिँगा, चित्तल, गोही, कछुवा लगाएत थारु सँग्राहलय, हात्तीसारको हात्ती प्रजनन केन्द्र र शिव सामुदायिक वनमा रहेका गैडा अवलोकन गरेर समेत मज्जा लिन आउने गरेका छन् ।’ उनले भने,–‘खासमा पर्यटक आउनुको बिषेश कारण नै बन्यजन्तु हेर्नु नै रहेको त्यो भन्दा अर्को यहाँको बिषेश गरेर स्थानीय थारु सस्कृति पनि हो ।’

हाल बर्दिया राष्ट्रिय निकुञ्जमा हाल ६४ वटा पाटे बाघ रहेको २ वटा पाटे बाघले नेपाल भारत ओहोर दोहार गरिरहने भएकाले ६२ वटा बाघ यस निकुञ्जमा रहेका छन् । त्योभन्दा पनि यस निकुञ्जमा हात्ती, गैडा र ३० हजार बढि चित्तल लगायतका वन्यजन्तु रहेको निकुञ्जका वार्डेन रमेश थापाले बताए ।

स्थानीयको गुनासो सरकारले बर्दियाको प्रचार नै गरेन

स्थानीयहरुले जैविक बिबिधता रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र पश्चिमका बिषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सरकारले प्रचारप्रसार गर्न नसकेको गुनासो गरेका छन् । बिश्वका लोपोन्मुख र दुर्लभ जन्तु पाइने बर्दिया राष्ट्रिय निकुञ्जका बिषयमा सरकारले खासै चासो नदिएको र पर्यटकहरुलाई यहाँको बिषयमा पर्यटन बोर्डले सहि सुचना संकलन गर्न नसकेको स्थानीय होटेल ब्यवसायी बि.रानाले बताए । ‘बर्दिया राष्ट्रिय निकुञ्जका बिषयमा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार पनि गर्न सकेन ।’ उनले भने,–‘यसका बिषयमा पर्यटन बोर्डले सहि सुचनाको जानकारी गरेर पर्यटकहरुलाई बताउन सकेको छैन् ।’

अब बाटोमा रोकिने अवस्था छैन् पर्यटन ब्यवसायी

बिगतमा यातायातको सहज पहुँच नहुदाँ बर्दिया राष्ट्रिय निकुञ्जमा जाने पर्यटकका लागि असहज भएपनि अहिले अम्रनीदेखि पर्यटकियस्थलका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य भागका रुपमा रहेको ठाकुरद्धारासम्मको १२ किलोमिटर बाटोमा पर्यटकका लागि अटोसिक्साको ब्ववस्था गरिएको यातायात साधनका लागि असहजता नरहेको बर्दिया पर्यपर्यटन मंचका अध्यक्ष उत्तम चौधरीले बताए । ‘बिगतमा बर्दिया ठाकुरद्धारा पुग्ने पर्यटकका लागि यातायातको असुबिधा नै प्रमुख कारण थियो ।’ उनले भने,–‘अहिले हामीले पूर्वपश्चिम राजमार्गको अम्रनीदेखि ठाकुरद्धारासम्मको १२ किलोमिटर सडकखण्डमा चौबिसै घण्टा चल्ने अटो रिक्सा ब्यवस्था गरेका छौं । बीच बाटोमा कसैले बस्नु पर्दैन् ।’