शहरिया विभेद कायमै
कैलाली, असोज । नेपालको संविधानमा छुवाछुट अन्त्यको लागि विधेयक पारित भएको छ । ऐन कानुन पनि बनेको छ । तर कहिले हुने छुवाछुट अन्त्य ? कैलाली जिल्लामा गाउँतिर मात्र होईन शहरमै पनि विभेद कायम छ । विभेद गर्ने शैली फरक होला । तरिका फरक होला तर विभेद छ भनि दाबी गर्छिन् दलित महिला अधिकार मञ्चका कार्यकारी निर्देशक सावित्र घिमिरे ।

उनी भन्छिन् ‘प्रत्यक्षरुपमा गर्ने विभेद भन्दा पनि अप्रत्यक्षरुपले गर्ने विभेद धेरै छ । कहिले काही स्वयम हामीलाई नै विभेद भएको महशुस हुन्छ ।’
‘छरछिमेकमा विवाह, व्रत बन्धन हुदा छिमेकीले सबैलाई बोलाउने तर दलित समुदायलाई नबोलाउने उदाहरण तमान छन् ।’ उनले सरकारी कर्मचारी होस् या परिवर्तनको नारा लिएर चर्को भाषण गर्ने राजनीतिक कर्मीहरु हुन् । उनीहरु नै बढि जसो अप्रत्यक्षरुपले विभेद गर्ने गरेको दाबी गरिन् ।
घिमिरेले भनिन् ‘भाडामा बस्ने दलित विद्यार्थी हुन या कर्मचारी सबैले कही न कही समस्या भोगेकै छन् । शुरुमा घरबेटीसंग कुरा गर्दा कोठा दिने पक्का हुन्छ तर जब जातको कुरा आउछ अनि कुनै न कुनै बहाना बाजी गरि कोठा नदिने सर्तपुरा हुन्छ ।’ के त्यो विभेद होईन भनि प्रति प्रश्न पनि गर्छिन् उनी ।
उनले अप्रत्यक्षरुपले गरेको विभेदको गुनासो पनि कसरी गर्ने । कनुनले प्रमाण खोज्छ । आफूलाई विभेद भएकोे महशुस हुन्छ तर प्रमाण हुदैन । त्यति मात्र होईन व्यापार व्यवसायीमा पनि दलितहरुलाई विभेद भईरहेको बताईन् ।
उनले भनिन् ‘गैर दलितले गाउँमा दलितलाई दुध दिदैनन् । दलित समुदायबाट आएको दुध डेरीमा पनि लिदैनन् । दलितको दुध डेरीले त किन्दैन भने उनीहरु डेरी खोलेर व्यापार कसरी गर्ने ? दलितहरुले होटेल सञ्चालन गर्दा खाना खाने मान्छे हुदैनन् । यस्ता चुनौतीले गर्दा दलित समुदाय आर्थिकरुपले सशक्त बन्न सकेनन् ।’
दलित महिला अधिकार मञ्चकी विमला बगालेपनि आफू विभेद सहेर बसेको महशुस गर्ने गरेको बताईन् । उनले आफ्नो टोलमा एक्लै दलित घर भएको बताउदै भोज भतेहरमा छिमेकीले नबोलाउदा आफूलाई छुट्टयाएको महशुस हुने गरेको बताईन् ।
अरु बेला आउने जाने घरमा पनि त्यस्तो बेला छुट्याउदा विभेद भएको महशुस हुन्छ उनले भनिन् ।
गौरीगंगा नगरपालिकाका वडा सदस्य विनिता विकले गाउँमा दलितलाई दुध नदिने गैर दलितको दुध डेरीमा पनि बन्द गरिदिने निर्णय गरेको बताईन् । उनले राजीपुरमा दलितको बच्चा विरामी हुदाँ गैर दलितले दुध नदिएको कारण यस्तो निर्णय गर्न बाध्य भएको बताईन् । उनले विरामी बच्चा खाना नपाएर मृत्यू भएको पीडित परिवारको गुनासो सुनेर सो निर्णय गरेको जानकारी दिईन् ।
धनगढीको क्याम्पस चौकमा कृष्ण चौधरीले डेरी व्यवसायी गरेकी छिन् । उनले थारुलाई यस्तो व्यवसायी गर्न निकै चुनौतीपूर्ण रहेको बताईन् ।
‘डेरीमा आउने केही ग्राहकहरु थारुहरुले त दुध दही खादैन् कसरी यस्तो व्यापार गर्न सकेको । घयू किन्नेले विभिन्न प्रश्न गर्छन् । मिन्स भएको बेला बनाएको त होईन ? हाम्रो घरमा पुजा छ ताजा घयू बनाई दिनु न ।’ ग्राहकको यस्तो व्यवहारले हाफूलाई हेपिएको महशुस गर्छिन् उनी ।
आखिर किन हुन्छ यसरी विभेद । व्यापार व्यावसायीमा पनि यस्तो विभेदको निराकरण कसरी गर्न सकिन्छ । देशमा कानुन बनेपनि कार्यन्वयन गर्ने व्याक्तिको व्यवाहर परिवर्तन हुन सकेको छैन । राज्यले यसको बारेका पहल कदमी लिनै पर्छ । हेईन भने भावि पुस्ता सम्म पनि विभेदको चपेटाबाट छुट्कारा पाउदैनन् ।













