दुई नम्बर प्रदेश अपडेटः उपमहानगरमा एमाले
बारा, असोज । नेकपा एमालेले जितपुर सिमरा उपमहानगरपालिकामा विजय भएको छ ।
दुई नम्बर प्रदेशमा जारी मतगणनामा उपमहानगरको यो पहिलो नतिजा हो । एमालेका उम्मेदवार डा. कृष्ण पौडेलले १४ हजार ८ सय ६५ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् ।
त्यस्तै उपमेयरमा एमालेकी सरस्वाती चौधरी १४ हजार ४ सय ५९ मत ल्याएर विजयी भएकी छन् । पौडेलका प्रतिस्पर्धी तथा नेपाली काँग्रेसका मेयरका उम्मेदवार कृष्णव्रत सिंहले १२ हजार ४३ मत मात्र पाए ।
तेस्रो स्थानमा पुगेको माओवादी केन्द्रका मेयरका उम्मेदवार राजन पौडेलले ११ हजार २ सय ४८ मात्र प्राप्त गरे ।













