विद्यालयललाई भ्रष्टाचारको अखड बनाउने पुर्वप्रअलाई क्रान्तिकारीको कालोमोसो

पोखरा । अखिल क्रान्तिकारीले पूर्वप्रधानाध्यापकलाई कालो मोसो दलेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले तनहुँ बन्दिपुर स्थित श्री भानु माविका शिक्षक दिपबहादुर खत्रीलाई कालोमोसो दलेको हो ।

सोही विद्यालयका पुर्वप्रअसमेत रहेका खत्रीले सरकारी शैक्षिक संस्थालाई भ्रष्टाचार र शैक्षिक दलालीको अड्डा बनाएकोले कालोमोसो दलेको अखिल क्रान्तिकारीले जनाएको छ ।

शिक्षक खत्रीले प्रअ भएको बेला आर्थिक अनियमितता गरेको गुनासो विद्यार्थी तथा अभिभावकहरुले अखिल क्रान्तिकारीमा उजुरी गरेका थिए ।

खत्रीले विद्यालयमा विज्ञान बिषयका सामग्री खरिद गर्दा ७ लाख, कम्प्युटर किन्ने नाउमा ४० हजार, करिव १ करोडको भौतिक संरचना निर्माण गर्दा फर्जी बिल बनाई कमिसन खाएको, शिक्षक सरुवा, तलव भत्ता वितरण गर्दा राजनैतिक प्रतिशोधको आधारमा भेदभाव गरेको, विद्यालयको भौतिक संरचना निर्माण गर्दा कागजपत्र हिनामिना गरेको अखिल क्रान्तिकारीले बताएको छ ।