पहिचानवादी शक्तिहरुलाई एकतावद्ध गर्न मोर्चा गठन
धनगढी । थारु बाहुल क्षेत्रलाई एक प्रदेश बनाउने माग सहित थरुहट/थारुवान आन्दोलनलाई निरन्तरता दिन संयुक्त थारु राष्ट्रिय मोर्चा गठन भएको छ ।

मोर्चाले थरुहट पहिचानवादी शक्तिहरुलाई एकतावद्ध गर्न राष्ट्रिय सम्मेलन मार्फत मोर्चा गठन गरेको हो । धनगढीमा भएको दुई दिने थरुहट आन्दोलन सम्बन्धी राष्ट्रिय सम्मेलनले सप्तरी जिल्लाको थारु अगुवा श्रवण चौधरीको संयोजकत्वमा २१ सदस्यीय मोर्चा गठन गरेकोे छ । जस्को सदस्यमा कैलालीबाट रामप्रसाद चौधरी, सुनसरीबाट रमेश चौधरी, कञ्चनपुरबाट पे्रमवति राना, चितवनबाट विश्राम चौधरी, कैलालीबाट कृष्णकुमार चौधरी चयन भएका छन् । त्यसै गरी सदस्यमा कैलालीका सुशिला चौधरी, खडक चौधरी, सप्तरीका सीएन थारु, दाङका प्रकाश चौधरीलगायत छनौट भएका छन् ।
आन्दोलनलाई थप गति दिन राष्ट्रिय राजनीतिक सम्मेलन संगै मोर्चा गठन गरेको थारु नेताहरुको भनाई छ । आईतबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलन आयोग समिति संयोजक रहेका थारु नेता सीएन थारु दुई बर्ष यता चुपचाप रहेको आन्दोलानलाई व्यूझाउन मोर्चा गठन गरेको बताए ।
उनले विगतमा थरुहट आन्दोलनको अगुवाई थरुहट÷थारुवान संयुक्त संघर्षले गरे पनि मोर्चा गठनसंगै संघर्ष समितिको भूमिका उतिकै रहेको जानकारी दिए । उनले अबको मोर्चा एउटा दबाब समुह रहेको जानकारी दिदै त्यही मोर्चा मार्फत आन्दोलनको तयारी गर्ने बताए । उनले थारु नेताहरु अव हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा जाने बिषय नैतिक सवालको रुपमा व्यख्या गरे ।
त्यसै गरी पत्रकार सम्मेलनमा बोल्दै थरुहट नेता तथा नेपाल लोकतान्त्रिक फोरमको सहअध्यक्ष भानुराम थारु प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन अगाडीे आफ्नोे माग सम्बोधन नभए राज्यलाई बढि क्षति हुने चेतावनी दिए । उनले आउने आन्दोलन समझौताको लागि नभएर कार्यान्वयन गराउन दाबाब दिने आन्दोलन रहेको बताए । उनले २६ बुँदे मागपत्र सार्वजनिक गर्दै राजनीतिक, सामाजिक र जनजीविकाको सवाललाई आधार बनाएर मागपत्र बनाएको बताए ।
माग पत्रमा आत्मानिर्णयको अधिकारसहितको स्वायत्तता र स्वाशासनको ग्यारेन्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रात्मक व्यवस्था, पहिचानसहितको १० जोड १ संघीय संरचना कार्यान्व्यन गर्ने, टीकापुर घटनाको झुठा मुद्धा खारेज गर्नुपर्ना लगायत मुद्धाहरु मागपत्र उल्लेख गरिएको छ ।













