अमेरिकाले जापनामा हानेको बम भन्दा उत्तर कोरियाको हाइड्रोजन बम सय गुण शक्तिशाली

काठमाडौँ । उत्तर कोरियाले आइतबार हाइड्रोजन बम परीक्षण गरेको छ । भूमिगत विष्फोट गराएको उक्त बम अत्याधुनिक र अहिलेसम्मकै शक्तिशाली भएको उत्तर कोरियाले जनाएको छ ।

उक्त बम विस्फोटको बेला भएको कम्पनका आधारमा उक्त बम एक सय किलोटन भन्दा पनि ठूलो भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको ‘फ्याट बोय’ नामक अणु बम भन्दा यो यस गुणा शक्तिशाली हो । उक्त बमले तत्काल ७० हजारको ज्यान गएको थियो ।

परमाणु दौड उत्कर्षमा पुगेको बेला सन् १९६१ मा सोभियत युनियनले बमहरुको राजा नाम दिएको बमको विष्फोट गराएको थियो । उक्त हाइड्रोजन बमको शक्ति ५० हजार किलोटनको थियो ।

यो परीक्षणले अमेरिका र संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि लगाएका सबै प्रतिबन्ध विफल भएका छन् ।

अब पछाडी फर्काउने भन्दा पनि परमाणु अस्त्रले सुसज्जित भइसकेको उत्तर कोरियासँग अब अमेरिका र उसका सहयोगी देशहरु आक्रमण भन्दा पनि प्रतिरोधतिर जानु पर्ने अवस्था आएको छ ।