दोधारा चाँदनी जोड्ने झोलुंगे पुल भट्कियो
कञ्चनपुर । दोधारा चाँदनीलाई जोड्ने महाकाली नदीमा निर्मित झोलुंगे पुल बीच भागमा नदीमा झरेको छ । दोधारा चाँदनीबाट तेस्रो पिलर भत्किएर पुल नदीमा खसेको हो । पुल खसेपछि अहिले आउजाउ बन्द गरिएको छ ।
बुधबार बिहान भत्किएको पिलर नजिकै पुलको भाग एक्कासि माथि उठेको थियो । केहीबेरमै पिलर भत्केर पुल नै नदीमा खसेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले बताए । उनका अनुसार पुल खसेपछि उक्त बाटो भएर आउजाउ गर्ने सर्वसाधारणदेखि नगरपालिकाका
झोलुंगे पुलको केही माथि पक्की पुल निर्माण भइसकेको छ । तर पक्की पुलको बाटो केही टाढा हुने भएकाले साना सवारी साधनमा यात्रा गर्ने अधिकांशले यही बाटो प्रयोग गर्ने गरेका छन् ।
२०६१ मा निर्माण सम्पन्न भएको पुलमा ८ वटा ठूला पिलर छन् । तीमध्ये एउटा पिलर भत्किएको हो । पुलको कुल लम्बाइ १४ सय ५१ दशमलव ९६ मिटर रहेको छ । दोधारा चाँदनीलाई बाँकी नेपालसँगै जोड्ने यो पुल यात्राका लागि मात्र नभई पर्यटकीय स्थलसमेत बन्दै गएको थियो ।
महाकालीको बहावले पिलर वरिपरि कटान गरेका कारण भत्किएको हुन सक्ने अनुमान गरिएको छ । तर उक्त क्षेत्रमा पानीको बहाव बढी भएका कारण अहिले नै यकिन गरेर भन्न नसकिने प्राविधिक बताउँछन् ।













