लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालमा राज्य सम्बेदाशील हुनुपर्छ : एकता नेपाल
कैलाली । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालमा राज्य सम्बेदाशील हुनुपर्ने बतएका छन् ।
एकता नेपालको आयोजनामा भएको अन्तराष्ट्यि गौरब महिना जुनको अवसरमा छलफल कार्यक्रम संस्थाका प्रमुख राज चौधरीले यस्तो बताएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायले भोग्नु परेको समस्याको थुप्रो रहेको जानकारी दिए ।
उनले यो समुदाय विवाह गर्न चाहेमा सरकारले अस्थायी विबाह दर्ता गर्ने कानून समेत निर्माण गरेको थियो । अहिले आएर उक्त कानून परिमार्जन भएको हो । जिगतमा धेरै जोडी अस्थायी विबाह दर्ता गराएका छन् । जुन कारण ती जोडीमा कुनै कारणबस सम्बन्ध विच्छेद भयो भने कुनै खालको क्लेम गर्न सकेका छैनन् ।
छलफलमा अझैपनि समुदाय स्तरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बारेमा खुलेर बहस नहुने, यो समुदायपनि छ है भन्नेसम्म अपनत्व नहुने देखिएको राजले बताए । उनले भने राज्यलेपनि बजेट विनियोजन गर्दा होस या सहभागीताको कुरा होरा होस् आफूहरुलाई विर्सिरहेका जस्तो अनुभव हुने बताए ।
राज्यद्धारा निर्माणधिन शौचालयको संरचना अभलैपनि मैत्रीपूर्ण हुन सकेको छैन । जुन कारण यात्रा गर्दा सबै भन्दा ठूलो समस्या आफूलाई हुने गरेको उनको तर्क थियो । उनले यात्राको क्रममा पिसाब नलागोस् भने पानी समेत नखाई यात्रा गर्दै आएको अनुभव समेत सुनाए ।
छलफलमा विविन्न निकायको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।













