तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम

धनगढी । स्थानीय नेतृत्वकर्ता तथा डब्लुएचआरको जिल्ला तथा प्रदेश कार्यसमितिका लागि दुई दिने तनाव व्यवस्थापन तालिम सुरु भएको छ ।

मानव अधिकारकालागि महिला एकल महिला समुहको आयोजना तथा कुर्वे विष्ट्रोके सहयोगमा सो तालिम भएको हो ।

कामको बोझ र दैनिक जीवनको दौरानमा हुने तनावलाई व्यवस्थापन गर्न समय समयमा यस्तो तालिम हुनुपर्ने मानव अधिकारका लागि महिला एकल महिला समुहका प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थी बताउँछिन् । । तालिमको सहजीकरण तथा प्रशिक्षण सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन मन्त्रालयका सहसचिव भरत श्रेष्ठले गरेका थिए ।

तालिममा तनाव के ? यस्को प्रभाव के हुन्छ ? आनन्द कसरी प्राप्त गर्ने, आफूलाई कसरी खुशी पार्ने जास्ता विषयमा अभ्यास गराएर प्रशिक्षण दिएका थिए । कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।