महिलामाथि हुने लैङिगक हिंसा न्यूनीकरणको लागि अभिमुखिकरण

धनगढी । महिलामाथि हुने लैङिगक हिंसा र डिजिटल हिंसा न्यूनिकरणको लागि सहभागिता अभिवृद्धि र सुशासनको प्रभावकारी जवाफदेहिता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको ।

मानव अधिकारको लागि महिला एकल महिला समुह को आयोजना तथा कुर्वे विष्ट्रो को सहयोगमा महिलामाथि हुने लैङिगक हिंसा र डिजिटल हिंसा न्यूनिकरणको लागि सहभागिता अभिवृद्धि र सुशासन प्रभावकारी जवाफदेहिता अभिमुखिकरण भएको हो ।

समुहको अध्यक्ष मिना भण्डारी को अध्यक्षतामा हुने कार्यक्रममा गैसस महासंघ सुदूपश्चिम प्रदेश सचिव नरेश प्रसाद ओझा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उनले अधिकारको क्षेत्रमा धेरै काम गरेको तर जति हुनु पर्ने हो, त्यति हुना नसकेको बताए । अहिले सम्मको अवस्था हेर्दा प्रधानमन्त्रिदेखि राष्ट्रपतिसम्म महिलाको सहभागिता भएको तरपनि महिलाको लागि उठ्नु पर्ने अवाज कम रहेको बताए ।

संविधानमा महिलालाई हरेक निकायमा ३३ प्रतिशत सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएपनि अर्थपूर्ण सहभागिता हुन नसकेको बताए । धर्म सस्कृतिको करण महिलामाथि हिंसा भईरहेको उनको तर्क थियो ।

नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा सुनामले महिलाको हकअधिकारको आवाज उठान जरुरी रहेको बताईन् । उनले अझैपनि महिला भएकै कारण पछि पर्नु पर्ने अवस्था रहेको बताईन् । उनले पितृ सत्तात्मक सोच परिवर्तनकोलागि घरबाटै शुरु गरि समाज सुध्रित गर्न जरुरी रहेको बताईन् ।

थाकसका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरी थारु समुदायको धार्मिक परम्परानुसार विभेद कयम रहेको बताईन् । महिलामाथि अहिलेपनि दाइजो नल्याएको निहुँमा ठूलो हिंसा खेप्नु परेको बताईन् ।

कार्यक्रममा इन्सेक प्रलेख अधिकृत कृष्ण विकले लैङिक हिंसा न्यूनिकरणको लागि सबै जना एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा ओरक नेपालका जिल्ला संयोजक गीता चौधरीले बढ्दै गईरहेको महिला तथा बालिका माथि हुने हिंसाको बर्तमान अवस्थाबारे प्रस्तुकरण गरेका थिईन् । यस्तै पत्रकार उन्नती चौधरीले डिजिटल हिंसाको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिईन् । कार्यक्रमको संचालन मानव अधिकारका लागि महिला एकल महिला समुहका प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीले गरेका थिईन् ।