बालविवाह धेरै छ, तर मुद्दा दर्ता हुदैन
कैलाली । बालविवाह अन्त्य तथा लैङिक समानता प्रवद्र्धनकोलागि प्रदेश स्तरीय नीतिगत सवांद कार्यक्रममा बालविबाह धेरै भएपनि मुद्दा दर्ता नहुने बताए ।
गर्ल फर्म फाउण्डको सहयोगमा दलित महिला अधिकार मञ्च कैलालीका किशोरी सशक्तीकरण परियोजना अन्तर्गत बालविवाह अन्त्य तथा लैङिक समानता प्रवद्र्धनको लागि प्रदेश स्तरीय नीतिगत सवांद कार्यक्रम र्भको थियो ।
मञ्चको अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास समितिका सभापति धर्मराज पाठक प्रमुख आतिथ्यता रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै उनले पहिलाको पुर्खाले बालविवाह गर्ने चलन रहे पनि अहिले बालबालिकाहरु आफै बालविवाह गर्दै आएको बताए । उनले भने, सामाजिक संजालको प्रयोग बढेसंगै कुराकानी बढी हुने, एक अर्काको नजिक भएर भागी विबाह गर्ने देखिन्छ ।

बार एशोसियशन कैलालीका अध्यक्ष नाथुराम महतोंले बालविवाह अन्त्य हुनु पर्ने ठाउँमा झन बढेको बताए । बालविवाहपछि जबरजस्ती करणी मुद्दामा परिणत हुने मुद्दा धेरै बढेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महिला विभाग प्रमुख जसु भट्ट राजनीतिक दलको घोषणापत्र कार्यान्यवन हुन जरुरी रहेको बताईन् । उनले हरेक राजनीतिक दलको घोषणापत्रमा बालबालिकाको हक अधिकार सुनिश्चित गर्ने र आफ्नो बाता कार्यान्वयन गरे बालविबाह न्यूनिकरण हुनसक्ने बताईन् ।
कार्यक्रममा दलित महिला अधिकार मञ्च नेपालका किशोरी सशक्तीकरण परियोजनाको संयोजक विमला खडायतले बालविवाह न्यूनिकरणकरणकोलागि धार्मिक अगुवा, नागरिक समाज, भल्मन्सा, सरोकारवाला निकाय, विद्यालय, किशोरी संजालसंग छलफल तथा अन्तरक्रिया गर्दै आएको बताईन् । यति गर्दा पनि बालविवाहको अवस्था बढेको तर, मुद्दा दर्तामा एकदमै न्यून रहेको बताईन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका महिला तथा बालबालिका शाखाका दिपा चौधरीले बालविवाह बढेपनि मुद्दा न्यून आउने बताईन् । उनले बालविबाह न्यूनिकरण गर्नकोलागि सामाजिक अगुवालेपनि चासो देखाउनु पर्ने बताईन् ।
प्रदेश किशोरी संजालका अध्यक्ष रोशनी कोलीले बालविवाह अन्त्यकोलागि आवाज उठाउदा आफूलाई धम्की आउने ग।ेको बताईन् । कार्यक्रममा किशोरी सञ्जाल, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।













