तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

कैलाली । दैनिक तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित भएको छ । तराईको अधिकांश स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेपछि यहाँको जनजीवनमा प्रभाव बढेको हो । तापक्रम बढेपछि ‘लु’ को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालयले सचेत हुन आग्रह गरेको छ ।

‘लु’ का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम हुन सक्छ । ‘लु’ बाट बच्न घरभित्र वा चिसो ठाउँमा बस्ने, घाममा हिँडडुल नगर्ने, हलुका लुगा लगाउने, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्ने, पानी र झोल पदार्थ पर्याप्त पिउनु पर्ने डाक्टरहरु सुझाब दिने गर्दन् ।