लैङिक तथा यौनिक अल्पसंख्यक समुदायलाई विभेद कायमै

कैलाली । लैङिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अहिलेपनि विभेद कायमै रहेको बताइएको छ । यौनिक तथा लैङिक अल्पसंख्यकहरुको महासंघ नेपालको आयोजनामा प्राइड परियोजना अन्र्तगत लैङिक तथा यौनिक अल्पसंख्यक समुदायको मुद्दामा संचारकर्मीको भूमिका विषयक अन्तरक्रियामा लैङिक तथा यौनिक अल्पसंख्यक समुदाय अहिलेपनि विभेदको सामना गर्नुपर्ने बताए ।

डिसिएका मनिला न्यौपाने प्राइड परियोजनाकोबारेमा जानकारी दिएका थिईन् । उनले लैङिक तथा यौनिक अल्पसंख्यक समुदायको हरेक निकायमा सहभागीता नभएको बताईन् । उनले उनले भनिन्, यो समुदायको अर्थपूर्ण सहभागी हुनुपर्ने, तर राजनीतिक संरचनाको बनावट र परम्परागत सोचको कारण विभेद कायम छ । राजनितिक चेतनामा अहिलेपनि यो समुदाय धेरै पछाडी परेको छ ।

यूरोपियन यूनियनका शिव भण्डारीपनि अहिलेसम्म संघीय सांसदमा सुनिल बाबु श्रेष्ठ र भुमिका श्रेष्ठको मात्रै उपस्थिति रहेको बताए । प्रदेश र स्थानीय तहमा अहिलेपनि प्रतिनिधित्व हुन नसकेको बताए । लैङिक तथा यौनिक अल्पसंख्यक समुदाय मतदाताको रुपमा पछि परेको बताए ।

व्लु डायमण्ड सोसाइटीका मनिषा ढकाल लैङिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्रपनि थुप्रै विभिधता रहेको जानकारी दिईन् । लैङिक तथा यौनिक अल्पसंख्यक समुदाय जैविक लिंग, अन्तरलिङगी, लैंगिक पहिचान र प्रस्तुती, सामाजिक लिंग, पारलैङिक, तेस्रोलिङगी, यौन अभिमुखीकरण, द्वाय लिङगी, गैर द्वाय सांख्यिक लैङिकबारे जानकारी दिईन् ।

उनले आफ्नो कथा सुनाउदै भनिन् हाम्रो समुदायलाई सम्मानजनक जीवन बाँच्नकोलागि मिडिया ठूलो भुमिका खेल्न सक्नेछ । कार्यक्रमको संचालन तथा सहजीकरण यौनिक तथा लैङिक अल्पसंख्यकहरुको महासंघ नेपालका फेकल पर्सन धनबहादुर चौधरीले गरेका थिए ।