मिडिया मार्फत सीमान्तकृत महिलाहरुको आवाजलाई स्थान दिनुपर्नेमा जोड
कैलाली । अगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउनकोलागि मिडियाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
संकल्प शान्ति, न्याय र लोकतन्त्रकोलागि महिला संजालको आयोजनामा भएकोमा महिलाहरुको हरेक निकायमा अर्थपूर्ण सहभागिताकोलागि जोड दिए । त्यसकोलागि मिडिया विशेष प्राथामिकतामा हुनुपर्नेमा जोड दिए ।

संकल्पका अध्यक्ष अम्बिका ताम्राकार स्थानीय तह लगायत हरेक निकायमा महिलाको सहभागिता बढाउन मिडिया महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताईन् । उनले विशेष गरि गाउँपालिका, नगरपालिका र वडा तहमा महिलालाई निर्णय प्रक्रियामा सक्रिय बनाउन मिडिया प्रभावकारी माध्यम रहेको बताईन् ।
अध्यक्ष तम्राकारले महिलाको अधिकार, नेतृत्व क्षमता, तथा राजनीतिक सहभागिताको महत्वबारे कार्यक्रम, समाचार, बहस तथा अभियान सञ्चालन गरेर जनचेतना फैलाउन सहयोगी भूमिका खेल्न आग्रह गरिन् ।

उनले मिडियाले सफल महिला जनप्रतिनिधि, उद्यमी, समाजसेवी वा नेतृत्वकर्ताको कथा प्रसारण गर्न मिडियामा महिलाको आवाजलाई स्थान दिन जरुरी रहेको बताईन् ।
स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता बढाउन मिडियाको भूमिकाबारे पत्रकार अर्जुन शाहले सहजीकरण गरेका थिए । सहजीकरण गर्दै उनले अहिलेपनि सुदूरपश्चिममा महिलाहरुलाई हरेक निकायमा अर्थपूर्ण सहभागिता बढाउन बहसको जरुरी रहेको बताईन् ।
कार्यक्रममा संकल्पका कोषाध्यक्ष वेद अवस्थीले स्वागत मनतब्य राखेका थिईन् । त्यसैगरि उपाध्यक्ष भगवती हमाल, सचिब तारा चौधरी, सदस्य अनिता ढुंगाना, चन्द्रा कडायत लगायतले मिडिया मार्फत सीमान्तकृत महिलाहरुको आवाजलाई स्थान दिनुपर्ने बताएका थिए । कार्यक्रमको संचालन संकल्पका सचिव तारा चौधरीले गरेका थिईन् ।













