पोषणयूक्त खाना दैनिक सोवन गरौं : गापा उपाध्यक्ष

कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा पोषण प्रदर्शनी मेला २०८३ सम्पन्न गरेको छ । पोषण सप्ताहलाई मध्यनजर गर्दै उक्त मेला प्रदर्शनीले पोषणबारे जानकारी गराउने र कुषोषण न्यूनिकरणकोलागि आयोजना गरिएको थियो ।

कैलारी गाउँपालिकाको आयोजना केयर नेपाल, र आइडिई को आर्थिक सहयोगमा याक नेपालले समन्वय तथा सहकार्य गरेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले पोषणयूक्त खानालाई दैनिक जीवनसंग जोर्न सके कृपोषण न्यूनिकरण हुने बताईन् । उनले पोषण यूक्त खाना सबैलाई खाना आवश्यक रहेको जरुरी रहेको बताईन् । एक सुत्केरी महिला पोषतिक खानेकुरा खाए, उनको बच्चापनि स्वस्थय रहने बताईन् ।


पोषणयूक्त खाना खाना नजानेपछि पनि रोगी हुने उनको भनाई छ ।

याक नेपालले आमा समु्हमा आवद्ध रहेका ५ सय जना किसानलाई किसान कार्ड उपलब्ध गराएको छ । जुन कार्डले तरकारीको विउ, हजारी, पानी पाइप, जाली, उत्पादन पोषण बगैचाको लागि सहयोग गरेको छ ।

पोषण बगैचामा थुप्रै हरियो साग, मौसमी तथा वेमौसमी तरकारी उत्पादन गर्ने गरेका छन् । साथै महिला आफ्नो बच्चाहरुकोलागि झोल, लिटो लगायतको पोषणयूक्त खाने कुरा पकाउन सिकेका छन् ।

पोषण प्रदर्शनी मेलामा पोषणयूक्त खाना, पोषणयूक्त तरकारी प्रदर्शनीसंगै पोषण सम्बन्धी सचेतनामुलक नाच, सडक नाटक देखाइएको थियो ।