प्रधानमन्त्री शाह सातै प्रदेशका मुख्यमन्त्रीसंग छलफल गर्ने

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलोपटक आज (बिहीबार) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । उनले दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने जनाएका छन् ।

बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा छलफल गर्ने बताएका छन् ।
साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबिच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहनेछ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने अपेक्षा गरिएको छ। यस बैठकले सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उदेश्य रहेको छ ।