प्रभावित केन्द्रित अवधारणा सम्बन्धी अभिमुखिकरण
कैलाली । कैलाली जिल्लास्थित कैलारी गाउँपालिकाका न्यायीक समिति, नेपाल प्रहरी, डब्लुएचआरडि, भल्मन्सा तथा पुरुष अगुवाहरुलाई प्रभवित केन्द्रित अवधारणा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।
दलित महिला अधिकार मञ्चको आयोजनामा भएके उक्त कार्यक्रममा डिसिएका कार्यक्रम व्यवस्थापक सूर्य विकले सहजीकरण गरेका थिए । उनले समुह विभाजनगरि कैलारी गाउँपालिमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गाएका थिए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवति चौधरीले समुदायमा शिक्षा र स्वास्थ्यमा गम्भिर समस्या देखा परेको बताईन् । अहिले विद्यार्थीहरुको परिक्षा सञ्चालन हुने समय नजिकिदैछ, तर विद्यार्थीहरु पढाईलाई ध्यान नदिई मोवाईल हेर्ने, छाडा घुम्ने, लागु पर्दाथ सेवानमा केन्द्रित हुने जस्ता समस्याले पालिकाको शैक्षिक गुणस्तर खस्किदै गएको बताईन् ।
उनले शैक्षिक अवस्थाको गुणस्तर नतिजा देखेर पालिका चिन्तित रहेको बताउँदै हरेक विद्यार्थीको अभिभावकले अ आफ्नो बालबालिकाको भविष्य बनाउनमा ध्यान दिन जरुरी रहेको बताईन् ।
उनले पालिकामा थुप्रै ठूला विवादहरुपनि आउने गरेको बताउँदै, न्यायक समितिले पाएको अधिकार बाहेकका घटनालाई समाधान गर्न पहल समेत गर्दैआएको बताईन् ।
यस्तै कैलारी गाउँपालिकाका महिला शाखा अधिकृत बालकुमारी चौधरीले पालिकामा कुमारी आमाको संख्या बढ्दो रहेको र ति कुमारी आमा र बच्चालाई व्यवस्थापनमा ठूलो चुनौति रहेको बताईन् ।
पालिकाले ओसिएमसि, गैरसरकारी संस्थाहरुसंग समन्वय र सहकार्यगरि प्रभावितहरुलाई निशुल्क स्वास्थ्य उपचार, स्वरोजगारकोलागि निशुल्क तालिम जस्ता काममा सहजिकरण गर्दै आएको जानकारी दिईन् ।
कार्यक्रमको समापन गर्दै दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेले पालिकालाई मैत्रीपूर्ण बनाउन थुप्रै इन्डिकेटरहरु बनाउनुपर्छ । त्यो इन्डिकेटर ठीक छ कि छैन भन्नेबारे समुदायमा गएर अध्ययन गर्नुपर्छ । अनिमात्रै मैत्रीपूर्ण भएको घोषणा भएको अर्थ लाग्ने बताए ।













