कृष्णपुर नगर भल्मन्सामा रामु कुश्मी चयन
कैलाली । कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका सम्पूर्ण भल्लमन्साको भेलाले रामु कुश्मीलाई अध्यक्षमा चयन गरेका छन् । नगर भल्मन्सा समितिले कुश्मी अध्यक्षतामा नौ सदस्यी समिति चयन गरेको हो ।
समितिका उपाध्यक्ष सुन्दरलाल चौधरी, सचिबमा गोपीलाल चौधरी, सहसचिबमा राजकुमार चौधरी, कोषध्यक्षमा द्रोपति चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा शीला राना, दशीराम चौधरी, सिता चौधरी र कलेसी राना रहेका छन् ।
नव निर्वाचित समितिले भल्मन्सालाई गाउँघरमा हुने समस्या समाधानमा छलफलकोलागि सहजता मिलोस् भनि हरेक महिना समिक्षा बैठक बसी भल्मन्साहरु नेतृत्व विकासकोलागि पनि छलफल गर्ने अध्यक्ष कुश्मी बताउँछन् ।
उनले थारु समुदायमा भल्मन्सा प्रथा पुस्तौं पुरानोदेखि चहिआएकोले यो प्रथालाई कानूनी मान्यता तथा कार्यन्वयकोलागि एक जुट हुन आवश्य रहेको बताए ।













