धनगढीदेखि टिकापुरसम्मापनि दैलो यातायातको सेवा विस्तार

कैलाली । सार्वजनिक विद्युतीय सवारी (इभी) प्रति व्यवसायी र यात्रु दुबैको आकर्षण बढ्न थालेपछि दैलो यातायात प्रालिले आजदेखि टिकापुरकोलागिपनि सेवा विस्तार गरेको छ ।

प्रालिले हुलाकी राजमार्गको रुटबाट टिकापुरको सम्मा यात्रा गर्न चाहने यात्रुलाई मध्यनजर गर्दै उनीहरुको सहजकोलागि सेवा विस्तार गर्न थालेको हो । दैलो यातायात प्रालिले हुलाकी राजमार्ग बाटो भएर धनगढीदेखि नेपालगन्जसम्म सेवा सञ्चालनमा ल्याएको एक वर्ष पुरा भएछ ।

यो अवधिमा यात्रुहरुले टिकापुरकोलागि पनि सेवा उपलब्ध गराईदिन माग राख्दै आएका थिए । प्रालिले यात्रुहरुको माग अनुसार धनगढीदेखि हरेक विहान ६ः ५० बजे टिकापुरकोलागि गाडी छुट्ने छ भने टिकापुरबाट हरेक विहान ६ बजे धनगढीको लागि छुट्ने छ । लगभग दुई/दुई घण्टाको फरकमा साझाँ ६ बजे सम्म गाडी चल्ने छ ।