कैलाली २ मा घण्टी र चकियाको कडा प्रतिस्पर्धा
कैलाली । कैलाली क्षेत्र नम्बर–२ मा घण्टी र चकियाको कडा प्रतिस्पार्धा भईरहेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाका केपी खनालले ५ हजार ९३७ प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टी नेपाल (चकिय) बाट पतिराम चौधरीले ५ हजार ४३४ मत ल्याएर पछ्याई रहेका छन् ।
विहानसम्म हजार मतबढीले अग्रता लिएका खनाललाई चौधरीले कडा टक्कर दिएका हुन् । खनाल ५ बजेको परिणाममा ५०३ मतले अगाडी रहेका छन् ।
यस्तै नेपाली कांग्रेसका विजय बहादुर स्वार २ हजार ६६१ मत प्राप्त गरेका छन् । भने एमालेबाट सूर्य बहादुर थापा चौधरीले ३ हजार १९५ मत प्राप्त गरेका छन । नेपाली कम्यूनिष्ट पार्टी ताराबाट नन्दबहादुर साउँदले २ हजार ५७१ मत प्राप्त गरेका छन् ।













