कैलाली ५ मा रास्वपाका चन्द भारी मतले विजय

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आनन्द बहादुर चन्दको भारी मतले विजय भएका छन् ।

चन्दले ३१ हजार ९५३ ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाह (मनु) ले ११ हजार ९५८ मत पाएका छन्।

यस्तै नेकपा एमालेका यज्ञराज ढुंगनाले ५ हजार ८३९ मत ल्याए भने, पाँच कुने ताराका प्रेम बहादुर आले ७ हजार ८७६ मत ल्याए ।