कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार भारी मतले अगाडी
कैलाली । कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ।
शनिवार बिहान ९ बजेसम्मको मतगणना परिणाम अनुसार क्षेत्र नं. ५ मा आनन्द चन्दले २३२२४ मत ल्याएर अग्र स्थान कायम गरेका छन् । उनको प्रतिद्धन्दी नेपाली काँग्रेसका मनमनु शाल ८५५९ मत प्राप्त गरेका छन् ।
त्यसै गरि क्षेत्र नम्बर १ मा कोमल ज्ञावाली फराकिलोे मतान्तरका साथ अग्र स्थानमा छन्। उनले विहान ९ बजे सम्म १६ हजार ३९२ मत प्राप्त गरेका छन्। ज्ञावालीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनक चौधरीले ११ हजार ३१५ मत प्राप्त गरेका छन्।
त्यसैगरी, क्षेत्र नम्बर २ मा रास्वापका केपी खनाल तीन हजार ३०७ मतका साथ अग्रता लिएका छन्। नेकपा (एमाले) का सूर्यबहादुर थापाले दुई हजार १२२ मतका साथ खनाललाई पछ्याइ रहेका छन्।
क्षेत्र नम्बर ३ मा रास्वपाकै जगतप्रसाद जोशी ११ हजार ५५७ मत प्राप्त गरी अग्रता बढाइ रहेका छन्। उनलाई पछ्याइ रहेका नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले ७ हजार ५४५ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइरालाले ९ हजार ६४ मतका साथ अग्रता बढाइ रहेका छन्। उनलाई पछ्याइ रहेका नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ३ हजार ४०१ मत प्राप्त गरेका छन्।













