कैलाली–४ मा रास्वपा भारी मतले अग्रता, ९७७ गणना घण्टीले ल्याए ५०१ मत
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपा भारी मतले अग्रता कायम गरेको छ । अहिले सम्मको मत परिणाम अनुसार ९७७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइरालाले ५०१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका गोरखा विष्टले १६२ मत ल्याएर दोस्रो स्थानमा छन् । भने नेकपा एमालेका लेखराज भट्टले ३० मत प्राप्त गरेका छन् । यस्तै नेकपाका उम्मेदवार हरिराम चौधरी (उत्सव) ले १३ मत प्राप्त गरेका छन् ।













