कैलाली–५ मा तीन पार्टीको मत जोडेरपनि घण्टी अग्रस्थानमा, आनन्दले ल्याए ४२९८ मत

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ तीन पार्टीको मत जोडेरपनि घण्टी अग्रस्थानमा रहेको छ । अहिले सम्मको मत परिणाम अनुसार ९३३५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले ४२९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका नरनारायण शाह मनु १६१२ मत ल्याएर दोस्रो स्थानमा छन् । भने नेकपा एमालेका यज्ञराज ढुंगानाले १३३७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।
नेकपाका उम्मेदवार प्रेम आलेले ९०९ मत प्राप्त गरेका छन् ।