रेशमको क्षेत्रमा घण्टीको अग्रताः ६२५७ मत गणना हुँदा कोमलले ल्याए १५७१ मत

धनगढी । कैलाली क्षेत्र नम्मबर १ नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले जमाएको क्षेत्र हो । तर यसपाली उक्त क्षेत्रबाट रास्वपाका कोमल ज्ञवालीले अग्रता कायम राखेका छन् ।
पछिल्लो समय ६२५७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १५७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका जनक राज चौधरीले १४३४ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट ढेकीबाट फागुराम चौधरी ११८१ मत प्राप्त गरेर तेस्रो स्थानमा प्रतिस्पर्धा गर्दै अएका छन् ।
यस्तै एमालेका द्धावरिका प्रसाद न्यौपानेले ४९५ मत प्राप्त गरेका छन् । र नेकपाका (तारा) का उम्मेदवार रामलाल डगौराले ४४४ मत प्राप्त गरेर पाचौं स्थानमा छन् ।