कैलालीको चार क्षेत्रमा गणना हुँदै, रास्वपा र नेकपा २/२ क्षेत्रमा अगाडि
कैलाली । कैलालीका चार वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । तीमध्ये दुई वटा क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ ।
क्षेत्र नम्बर २ र ३ मा नेकपाका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा नन्दबहादुर साउँदले अग्रता लिएका छन् भने क्षेत्र नम्बर ३ मा बिरमान चौधरी अगाडि छन् ।
त्यसैगरि कैलाली–१ र ५ मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बनाएको छ । क्षेत्र नम्बर १ मा कोमल ज्ञवाली र ५ मा आनन्दबहादुर चन्दले अग्रता बनाइरहेका छन् ।













