कैलाली–१ मा पनि घण्टिको अग्रताः ४२०१ मत गणना हुँदा कोमलले ल्याए १२९३ मत

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा ४२०१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १२९३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका जनक राज चौधरीले ९०२ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट ढेकीबाट पतिराम चौधरी ७६९मत प्राप्त गरेर तेस्रो स्थानमा प्रतिस्पर्धा गर्दै अएका छन् ।
यस्तै एमालेका द्धावरिका प्रसाद न्यौपानेले ३४३ मत प्राप्त गरेका छन् । र नेकपाका (तारा) का उम्मेदवार रामलाल डगौराले २८५ मत प्राप्त गरेर पाचौं स्थानमा छन् ।