कैलाली–५ मा ३५४६ मत गणना हुँदा घण्टी १६४४ मत प्राप्त

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा ३५४६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले १६४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा एमालेका यज्ञराज ढुंगानाले ५८४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । भने नेपाली कांग्रेसका नरनारायण शाह मनु ४६३ मतका साथ तेस्रो स्थानमा रहेको छ।
नेकपाका उम्मेदवार प्रेम आलेले ४५२ मत प्राप्त गरेका छन् ।