कैलाली ३ को प्रारम्भिक मत परिणामः बीरमान चौधरीको अग्रता
कैलाली । कैलाली क्षेत्र नम्बर–३ को प्रारम्भिक मत परिणाममा ताराबाट बीरमान चौधरी अग्रता कायम गरेका छन् ।
दिउसो १ बजेसम्म १५७२ मत गणना हुदा ताराबाट बीरमान चौधरीले ६०४ मत प्राप्त गरेका छन् । त्यसै गरि रास्वपाका जगत जोशी २५२ मत ल्याएर पछ्याईरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टी नेपाल ९चकिय० बाट विक्रम चौधरीले २५२ मत ल्याएर घण्टीलाई पछ्याईरहेका छन् भने चौथो स्थनमा नेपाली कांग्रेसका भिम बडुवालले ११५ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेबाट गौरीशंकर चौधरीले १०३ मत प्राप्त गरेका छन । अहिले सम्म १५७२ मत गणना हुदा ८३ मत बडर भएको छ ।













