कञ्चनपुर–२ मा रास्वपाको फराकिलो अग्रता
कैलाली । कञ्चनपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहराले फराकिलो अग्रता बनाएका छन् । ४ हजार २६८ मतको साथ उनी सबैभन्दा अगाडी छन् । नेपाली कांग्रेसका एनपी साउदले १ हजार ५२५ मत पाएका छन् । नेकपा (एमाले) का बचनबहादुर सिंह ८४७ मतको साथ तेस्रो स्थानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टीका माधव प्रसाद पन्तले ४२७ मत पाउँदा राप्रपाका तीर्थराज चटौतले १५० मत पाएका छन् । मतगणना जारी रहेको कञ्चनपुर क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले राातोपाटीलाई बताए













