कैलाली–५ मा १९६० मत गणनाः घण्टी दोब्बर मतले अगाडी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रारम्भिक १६६० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले अन्य दलहरू भन्दा दोब्बर मतले अगाडी छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार, चन्दले सबैभन्दा बढी घण्टी ९२२ मत पाएका छन् । त्यसैगरी, नेकपा एमालेका यज्ञराज ढुंगानाले ४८३ मत प्राप्त गर्दै दोस्रो स्थानमा पछ्याइरहेका छन्, भने नेपाली कांग्रेसका नरनारायण शाह मनु २३२ मतका साथ तेस्रो स्थानमा रहेको छ।

नेकपाका उम्मेदवार प्रेम आलेले १५५ मत प्राप्त गरेका छन् ।