कैलालीमा ५५ प्रतिशत मत खस्यो
कैलाली । प्रतिनिधिसभा चुनावअन्तर्गत आज भएको मतदानमा कैलालीमा ५५ प्रतिशत मत खसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको बुलेटिनमा ५५.३७ प्रतिशत मत खसेको जानकारी दिएको छ । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतपेटिका सङ्कलन गर्ने काम शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।
।














