पाँच घण्टाको अवधिमा देशभर १६.८८ प्रतिशत मत खस्यो
कैलाली । पाँच घण्टाको अवधिमा देशभर १६.८८ प्रतिशत मत खसेको छ ।
विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।













