मिनीपार्कले महिलालाई आर्थिकरुपले सशक्त बनाउँछ : स्थानीय

कैलारी । दलित महिला अधिकार मञ्चद्धारा सञ्चालित रेसिष्ट परियोजनाको आर्थिक सहयोगमा सुइती सामुदायीक वन र खौरहवा सामुदायीक वनलाई उद्यम निर्माणकोलागि चार लाख रुपैयाँ सहयोग भएको छ । जहाँ समुदायको पूर्ण श्रमदानबाट मिनीपार्क र रिर्चाज पोखरी निर्माण हुदैछ ।

यहाँका समुदायले यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाएर नमुना गाउँको रुपमा चिनाउन निकै मेहनत गर्दैछन् । उनीहरुले यहि मिनीपार्कबाट यहाँ महिलाहरुको आर्थि सशक्तिकरणसंगै रिर्चाज पोखरीको अवधारण ल्याएर वन्यजनतुलाई पानीको व्यवस्था गर्न र यस क्षेत्रलाई सिमसार बनाउने दीर्घकालिन सोच बनाएका छन् । सुनौं यहाँका स्थानीयहरुको भनाई जस्ताको त्यस्तै ।