नाउपानेका तर्फबाट कैलाली ५ का उम्मेदवार जगन्नाथ चौधरी रास्वपामा प्रवेश

कैलाली । नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका छन्। आफूले उठाउँदै आएका विषय रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मिलेकाले सहमति जनाएको बताए।

उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका हुन्। प्रवेश कार्यक्रममा बोल्दै चौधरीले भने, मेरो एजेन्डा सुशासन, समावेशीता, विकास रहेको थियो। जुन रास्वपाका उम्मेदवारको पनि रहेको छ । परिवर्तनका लागि हामी एक ठाउँ आउन जरुरी ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेको हुँ।

उक्त कार्यक्रममा चन्दले चौधरी जस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताए। उनले भने, उहाँको आगमनले रास्वपा थप बलियो भएको महशुस गरेको छु।
उनी गत निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार बनेका थिए। ५००० हजार भन्दा मत प्राप्त गरेका थिए।