घरदैलोमा बिरमानले भने ‘जनता जनादेश चहान्छन्’
कैलाली । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकोलागि नेपाली कम्यूनिष्ट पार्टीबाट कैलाली क्षेत्र नं. ३ का उम्मेदवार बिरमान चौधरीले घरदैलो कार्यक्रममा जनता जनादेश चाहिरहेको बताए ।
उनले देशमा भएको आन्दोलनले सदन विघटन भएर नयाँ परिस्थितिमा चुनाव भईरहेको बताउँदै भने ‘विगतमा तपाईहरुले मलाई हसिया हठौडामा भोट हाले विजय गराउनु भएको थियो । यसपाली चुनाव चिन्ह परिवर्तन भएर तारा बनेको छ । फेरीपनि तारामा भोट हालिदिनुहोला ।’
उनले तारा चुनाव चिन्ह कसरी बन्यो भन्दै प्रष्ट्याउदै भने ‘हामी देशलाई नयाँ दिशातिर लैजानकोलागि २४ वटा पार्टी मिलेर एक ठाउँमा आएका छौं ।’ माओवादी चुनावी अभियानमा छैन भन्ने भ्रममा कोही नपरौं, तारा चिन्हमा मतदान गरौं भन्दै जनतासंग भोटको अपेक्षा गरेको बताए ।













