कैलारी गापा ७ का वडा अध्यक्ष्य बमको गाडीले ठक्कर दिदा एकजनाको ज्यान गायो

कैलारी । कैलारी गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष्य दीपेन्द्र बमको गाडीले एक मोटरसाईललाई ठक्कर दिदा एक महिलाको घटना स्थलमै मृत्यू भएको छ । इलाका प्रहरी कार्यालय हसुलियाका अनुसार मृतक मोटरसाईकल चालक कैलारी गापा ५ पलियाकी ३३ वर्षीया दिप्सा चौधरी हुन् ।

बमले मापसे सेवन गरेर गाडी तिब्र गतिमा चलाईरहेको स्थानीयको भनाइ छ । गाडीमा चार जना सवार रहेको जनाइएको छ ।