जन्ती बोकेको बस दुर्घटना, १३ जनाले गुमाए ज्यान

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा- ७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी-७ कै बडगाउँ घुम्तीमा दुर्घटना भएको थियो ।

पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर हो ।
दुर्घनामा परि बझाङको विथ्थडचिर गाउँपालिका -७ बस्ने ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोक जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका -७ बस्ने ४० बर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका बस्ने ४० बर्षीय पुष्पा अवस्थीको घटना स्थलमै ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्ररही नायव निरीक्षक बल्देब बडुले जानकारी दिए ।

उनका अनुसार ४५ जनाको उद्दार गरेको छ । उनीहरुको थप उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको र ५ जना पुर्चौडीकै कोटीला स्वास्थ्य चौकीमा उपचार भईरहेको जनाएको छ ।

यस्तै बझाङको विथ्थडचिर गाउँपालिका -७ का १७ बर्षीय विशनदत्त जोशी, सोही ठाउँका अन्ताजी २८ बर्षीय दीपकराज जोशी, अन्दाजी ४५ बर्षीय किसनदत्त जोशी, केदारस्यु गाउँपालिका–७ का २७ बर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका-७ का १५ बर्षीय सुशील जोशीका डडेल्धुरा अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रवक्ता बडूले बताए ।

बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल छन् । बसको प्रेसरपाइप फुटेर उकालोमा अत्याधिक भारका कारण दुर्घटना भएको बताइएको छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।