परम्परागत मूल्यमान्यता र सामजिक अभ्यासले पोषणमा पारेको प्रभावबारे संवाद

कैलाली । परम्परागत मुल्यमान्यता र सामाजिक अभ्यासका कारण बच्चा र आमाको पोषणको अवस्थामा पारेको प्रभावबारे जानकारी लिनकोलागि कस्तो खालको धार्मिक गुरु तथा समुदायको अगुवाईमा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरुसंग संवाद भएको छ ।

केयर नेपाल, आइडिइ नेपालको आर्थिक सहयोगमा याक नेपालले पोषण परियोजना अन्र्तगत सामाजिक मूल्यमान्यता र सामजिक अभ्यासका विषयमा गाउँ÷नगर पालिका स्तरीय संवाद कार्यक्रम गरेको हो ।

याक नेपालको लैङिक समानता सामाजिक समावेशीकरण अधिकृत सरिता चौधरीले पोषण परियोजनाको बारे जानकारी दिएकी थिईन् । उनका अनुसार संस्थाले कैलालीको पाँच वटा पालिकामा पोषण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थाले सो क्षेत्रमा पोषणको अवस्थाबारे जानकारी लिनकोलागि केही महिना अगाडी सर्वे गरेको जानकारी दिदै चौधरीले भनिन् ‘छोरी र छोरी जन्माउने आमामा पोषण नपुगेको तथ्यांक धेरै छ । यो तथ्यांकले कहि न कहि हाम्रो सामुदायमा परम्परागत अभ्यासले प्रभाव पारिरहेको छ ।’

यस क्षेत्रमा अहिलेपनि छोरा छोरीमा हुने विभेदको संकेट दिएको चौधरी बताउँछन् । उनले बच्चा जन्माउने आमा र बच्चा दुबै जना स्वास्थ्य खाना खाना पाउँन भनि कैलारी गाउँपालिका, गोदाबरी नगरपालिका, घोडाघोडी नगरपालिका लगायत क्षेत्रमा पोषण बगैचा लागि महिलाहरुलाई सहयोग गर्दै आएको बताईन् ।

हजार दिनको आमा र बच्चाको पोषण सुधारकोलागि पोषणका गतिविधि गर्दै आएको जानकारी दिदै उनले भनिन्, ‘सीमान्तकृत समुदायलाई विउ पुँजीको रुपमा १० हजार रुपैया सहितको किसान कार्ड उपलब्ध गराएका छौं । जसले गर्दा मसुहमा रहेका बच्चाका आमाले हरियो सागपात, र तरकारी उत्पादनको लागि बीउ किन्ने, पोषण बगैचा निर्माण गर्ने लगायत कृषि परियोजनकोलागि समान किन्ने गरेका छन् ।’

समुदायमा परम्परागत सामाजिक अभ्यासको कारण कोहीपनि कोपोषित हुन नपारोस, छोरा र छोरीमा कुनै पनि विभेद नहोस्, हरेक बच्चा र बच्चा जन्माउने आमा स्वस्थ्य रहुन भन्ने उदेश्यले सम्बाद कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिईन् ।

उक्त कार्यक्रम कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र गोदाबरी नगरपालिकामा सम्बाद कार्यक्रम सम्पन्न भएको चौधरीले जानकारी दिईन् ।

सम्बाद कार्यक्रममा समुदाय स्तरमा अहिलेपनि परम्पपरागत संस्कार संस्कृति, धर्म र विश्वासक कारण लैंगिक विभेद हुने, सुत्केरी तथा गर्भवति महिलालाई खाद्य निषेधले गर्दा बच्चा र आमामा पोषणको कमी देखा पर्ने, पोषणको कमीकै कारण हिंसा, अपराधहरु बढ्ने जस्ता समस्या देखापरिरहेको वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा गाउँ/नगर पालिकाका स्थास्थ्य शाखा, महिला शाखा, जनप्रतिनिधि र धार्मिक गुरु तथा सामाजिक अगुवाहरुसंग सम्बाद भएको थियो ।