‘निवार्चन लड्न चाहने महिलालाई राज्यले आर्थिक सहयोग गर्नुपर्छ’
कैलाली । प्रत्यक्ष निर्वाचन लड्न चाहने महिलालाई सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताइएको छ । अगामी निर्वाचनमा समावेशी महिलाको राजनीतिक सहभागिता तथा पहुँच अभिबृद्धि कार्यक्रममा यस्तो अवाज उठेको हो ।
संकल्प नेपालले आयोजना गरेको उक्त कार्यक्रममा राजनीतिक दलमा आवद्ध महिलाहरुले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता गराउनकोलाई राज्यलेपनि लगानी लगाउनु पर्ने जोड दिए ।
नेपाली महिलाहरु घर परिवारको जिम्मेवारी समाल्दै बचेको समय राजनीतिमा खर्चिरहेको बताउँदै त्यस्ता महिलालाई चुनावमा प्रत्यक्ष लड्न आर्थिकरुपले बाधा अड्चन आईरहेको हुँदा राज्यले सहयोग गर्न जरुरी रहेको उनीहरुको माग थियो ।
सामानुपातिकमा एक पटक निर्वाचित भईसकेका महिलालाई अर्को पटक पुनः सामानुपातिकको उम्मेवादवारी दिन नमिल्ने व्यवस्था हुनु पर्ने अन्तरपार्टी महिला सञ्जालको माग थियो ।
कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल, विभिन्न दलमा आवद्ध महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण फाया नेपालका अध्यक्ष गोमा अर्चायले गरेका थिईन ।













