विपद व्यवस्थापनमा महिला, पूर्व सूचना प्रणालीलाई कार्यन्वयन
कैलाली । विपद व्यवस्थापनमा महिलाहरुको अग्रणी भूमिका रहेको एक कार्यक्रममा बताइएको छ । मानविय साझेदारी मञ्चको आथिएक सहयोगमा एनफोर्स नेपाल र केयर नेपालको सयोजनमा आयोजना भएको विपद सचेतना सम्बन्धी दुई दिने अभिमुखिकरणमा यस्तो बताइएको हो ।
एनफोर्स नेपालका केन्द्रीय अध्यक्ष गोमा आचार्यले कार्यक्रमको उदेश्य प्रकाश पार्दै विपद्मा सबै भन्दा बढी महिला जोखिममा पर्ने गरेको बताईन् । उनले गाउँ घरका किसानहरु विपदको बारे पूर्व सूचना प्रणालीलाई टेकेर काम गर्न आग्रह गरिन् ।
विपदबारे पूर्व सूचना थहाँ पाएमा काम बोझसंगै क्षति न्यूनिकरणमा सहयोग पुग्ने आर्चाय बताईन् । महिलाहरु तरकारी खेतिदेखि घर भित्र र बाहिरको काम समाल्ने हुँदा महिलाहरु बढी जोखिममा पर्छन् । जुन कारण महिलाहरुलाई पनि पूर्व सूचना प्रणालीबारे जानकारी हुन आश्वयक रहेको बताईन् ।
कार्यक्रममा सहजी करण फाया नेपालका कार्यक्रम संयोजक लाल महराले गरेका थिए ।













