नालामा फ्याकिएका नवजात शिशुको उद्धार
कैलाली । कैलालीको धनगढी स्थित भद्रटोलमा सालनालसहितको एक नवजात शिशु फेला परेको छ । धनगढी उपहमानगरपालिका– ८ भद्रटोलको नाला किनारमा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले भर्खरै जन्मेकी शिशुलाई बेवारिसे अवस्थामा फेला पारिएको बताए । नवजात शिशुको उद्धार गरेर सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।













