जन्मदनिको अवसरमा विपन्न बालबालिकालाई स्टेशनरी सहयोग
कैलाली । कैलालीका सामाजिक अभियन्ता झनक खनालले आफ्नो जन्मदिनका अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
कैलारी गाउँपालिका वडा नम्बर ८ का विपन्न, टुहुरा २२ जना बालबालिकालाई झोला, कपी, डट्पेनलगायतका सामाग्री वितरण गरेका छन् । उनले जन्मदिनकै अवसरमा आफूले कैलारी गाउँपालिकामा शैक्षिक सुधारकालागि बक्तृत्व प्रतियोगिता सञ्चालन गरेको बताए ।
अभियन्ता खनालले कैलाली जिल्लाका सबै शैक्षिक संस्थामा शैक्षिक गुणस्तर सुधारकालागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने योजना रहेकोसमेत सुनाए ।













