डढेलो नियन्त्रणमा जनप्रतिनिधि

कैलाली । कैलारी गाउँपालिकाका जनप्रतिनिधि तथा सामुदायिक वनका पदाधिकारीहरुलाई वन डढेलो नियन्त्रण तथा व्यवस्थापनबारे जानकारी दिन दलित महिला अधिकार मञ्च अग्रसर भएको छ ।
मञ्चद्वारा सञ्चालित सिढरा परियोजना अन्र्तगत दुरयोग निभारानको सहयोगमा कैलारी गाउँपालिकाले समन्वय गरिरहेको छ भने इआरआइ प्रालि काठमाण्डौले सहजीकरण गर्दै आईरहेको छ ।
उक्त परियोजनाले स्थानीय तहका जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीहरुलाई वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सञ्चालन गर्दै आएको हो ।
कैलारी गाउँपालिकाका वन तथा विपद व्यवस्थापन समितिका संयोजक ठागुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी प्रमुख अतिथि थिइन् । उनले मान्छेमा अझैपनि जनचेतनाको कमी रहेको बताउँदै वनजंगलमा आगो लगाउनेहरु बढी भटिने बताईन् ।
वन जंगल जोगाउन सबैको दायित्व हो, तर उपभोक्ताहरु वनप्रति अप्नत्व लिन नसकेको बताईन । कैलारी गाउँपालिकाका बन क्षेत्र आगलागी विपदको उच्च जोखिममा रहेको उनको भनाई छ । ‘तीन बर्ष अगाडी वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया बस्ती जलेर खरानी बनेको उदाहरण दिदै उनले सबै उपभोक्तालाई बनमा आगो नलाउन अनुरोध गरिन । कैलारी गाउँपालिकाले पछिल्लो समय डमकल पनि खरिद गरेका उनले जानकारी दिईन् ।

कार्यक्रममा इआरआईका प्रशिक्षक मदन बस्याल र आयूष गौतम रहेका थिए । उनीहरुले बनमा लाग्ने डढेलो, वन डढेलोका प्रकार, आगी नियन्त्रणमा पूर्वतयारी तथा प्रतिकार्य, आगी नियन्त्रणका प्रयोग गर्ने औजारबारे जानकारी दिएका थिए ।
कार्यक्रममा वडाका अध्यक्षहरु, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, सव डिभिजन वन कार्यालयका प्रतिनिधिहरु, महिला वालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख, विपद व्यवस्थापन शाखाका प्रमुख, सामुदायिक वनका पदाधिकारी, मानव अधिकार रक्षक संजाल, अगुवा भल्मन्साहरुको सहभागिता थियो ।