सामुदायिक वनमा लैङिकमैत्री कार्ययोजना सम्बन्धी अभिमुखीकरण
कैलाली । भजनी नगरपालिका स्थित सामुदायिक वनमा लैङिकमैत्री कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समुहको नेतृत्वमा रहेका महिला पदाधिकारीहरुकोलागि एक दिने लैङिकमैत्री कार्ययोजना सम्बन्धी अभिमुखीकरण भएको हो ।
डिसिएको आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्चद्वारा संचालित रेसिष्ट परियोजना अन्तर्गत भजनी नगरपालिकाको २२ वटा सामुदायिक वन उपभोक्ता समितिका नेतृत्व भुमिकामा रहेका पदाधिकारीहरुलाई लैगिकमैत्री योजना निर्माण गर्न सहज होस्भनि सो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
कार्यक्रममा सामुदायिक वनबाट भएको आम्दानीबाट केही रकम समुदायको महिला, दलित, विपन्न तथा सिमान्तकृत वर्गमा लगानी गर्न योजना तयार गर्ने, बजेट विनियोजन तथा कार्यान्वयन गर्दा क्षमता विकासको कार्यक्रममा पनि बजेट विनियोजन गर्ने बारे जानकारी दिइएको थियो ।
साथैे सामुदायिक वन उपभोक्ता समूहको विधान कार्ययोजनापनि लैंगिक मैत्री छैन भने परिमार्जन गरि त्यो विधानलाईपनि संशोधन गर्नुपर्ने र कार्ययोजना बनाउदा समावेशी बनाउने डिसिएका कार्यक्रम व्यवस्थापक सूर्य कुमारी विश्वकर्माले सहजीकरण गरेका थिईन् ।
सामुदायिक वनको पदाधिकारीहरुले कुनै कुनै ठाउँमा मात्रै विधान बमोजिक काम भईरहेको जानकारी दिए । उनीहरुका अनुसार धेरै ठाउँमा विधान समेत हराईसकेको छ ।













