सामाजिक उत्तरदायित्व सबैलाई जरुरीः गाउँपालिका उपाध्यक्ष
कैलाली । लैङिक उत्तरदायी र समावेशी शासन प्रवद्र्धनको लागि सामाजिक उत्तरदायित्व सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ओरेक नेपालको आयोजना तथा यूएन वुमन र सौमी फिनल्याण्डको सहयोगमा रुपान्तरणका लागि सँगसँगै परियोजना अन्र्तगत महिला नेतृत्वलाई सशक्त बनाउने र लैङिक उत्तरदायी बनाउने उद्देश्यले सो कार्यक्रम भएको हो ।
कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले समापन कार्यक्रममा सबैको समन्वय र सहकार्यले मात्रै विकास हुने बताईन् । पालिकाबाट संचालित योजना कार्यक्रमको सूचना पाउने अधिकार सबैको हरेको र सो को खोजनीति गर्नपनि जरुरी रहेको उनले बताईन् । गाउँपालिकामा वेरोजगार यूवा तथा महिलाहरु सीपसंगेै रोजगारीकोलागि धेरै तालिम संचालन भईसकेको बताउँदै तालिम लिएकाहरुले उद्यमी बन्ने चासो दिन जरुरी रहेको बताईन ।

कार्यक्रममा कैलारी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी सिमित बजेटको कारण योजना अनुसार काम गर्न नसकेको बताईन । उनले पालिकाबाट सम्पन्न सबै कार्यक्रमहरु पारदर्शि हुनुपर्ने पनि बताईन ।
दुई दिने कार्यक्रमको सहजकर्ता ठाकुर प्रसाद करियाप्रधानले सामाजिक जवाफडेहिताकोलागि सेवा प्रदायक र सेवाग्राही दुबै जना जिम्मेवार हुनुपर्ने बताए ।













