एरिष्टो स्कुलद्धारा प्रशासन कार्यालय कैलालीलाई डेढ लाख बराबरको समान सहयोग
कैलाली । धनगढीको एरिष्टो माध्यमिक विद्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई डेढ लाख मूल्य बराबरको सामान सहयोग गरेको छ ।
विद्यालयले आइतबार विहान प्रशासकीय अधिकृत शिवराज जोशीलाई सो सामान हस्तान्तरण गराएको हो ।
विद्यालयका प्रधानाध्यापक हरि क्षेत्रीले एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान अफिस टेबल र कुर्सी तथा एक दर्जन सेवाग्राहीकोलागि बस्ने कुर्सी हस्तान्तरण गरेका हुन् । उक्त सामानको मूल्य एक लाख पचास हजार रहेको प्रधानाध्यापक क्षेत्रीले जानकारी दिए ।
उनले जिल्ला प्रशासन कार्यालयका सबै भौतिक सामग्री जलेर नस्ट भएपछि तत्काल सेवा प्रवाह गर्न सहज होस् भनि सामग्री सहयोग गरेको बताए । प्रधानाध्यापक क्षेत्रीले आवश्यक परे अझैपनि सहयोग गर्न तयार रहेको बताए ।













